न्यायपालिकाको साखमा चुनौती
जनताको सबैभन्दा बढी भरोसा हुने अंग न्यायपालिका हो। न्यायपालिका सधैं स्वतन्त्र हुन्छ, निष्पक्ष हुन्छ र नागरिकको प्रत्येक अधिकार संरक्षण गर्न र गराउन सक्षम हुन्छ। थोरै मात्र लोकतन्त्र भएको मुलुकमा पनि सरकार निरंकुश हुँदा समेत जनताले न्यायालयबाट सुरक्षाको अनुभूति गरिरहेका हुन्छन्। यसकारण नागरिकको मनमा सधैं न्यायालयको विषेश महत्व हुन्छ। प्रायः न्यायालय नागरिकको पक्षमा हुने भएकाले सरकार न्यायलयलाई आफ्नो अभियानको अवरोध शक्ति ठानिरहेको हुन्छ।प्रायः सरकारहरू सत्ता सञ्चालनका लागि गठन भएका हुन्छन।
