खामेनी भेट्ने ट्रम्पको इच्छामा इरानले भन्यो–असम्भव, वार्ता पूर्णरुपमा ठप्प
इरान : इरानका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विश्वास जित्न पर्याप्त कदम नचालेका कारण वार्ता पूर्ण रूपमा ठप्प भएको बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीबीच सम्भावित भेटघाटको आशामाथि इरानले पूर्णविराम लगाएको छ । खामेनीका निकट सहयोगी तथा वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले यस्तो भेट सम्भव नभएको स्पष्ट पारेका छन् ।
