SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै पौवादुङमा

भोजपुर : केहि समय अघिसम्म पौवादुङमा गाउँपालिका–१, श्यामशिलाका रामबहादुर पाण्डे १५ सयदेखि २ हजार ज्याला तिरेर बारी जोताउँथे । समयसँगै खर्च पनि उत्ति नै हुन्थ्यो । हप्ता दिनसम्म हलि, खेताला लगाउँदा खाना, खाजा बोक्नुपर्ने झण्झट छुट्टै थियो । तर अहिले भने उनलाई त्यो सास्ती छैन । आफ्नै मिनीटिलर ल्याएपछि त्यो सबै सुल्झिएको छ । गाउँपालिकाले वितरण गरेको ५० प्रतिशत अनुदानको मिनीटिलर पाएपछि उनको दैनिकी नै फेरिएको छ ।