भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो
काठमाण्डु – भारतमा घरेलु एलपीजी सिलिन्डरको भाउ फेरि बढेको छ । बढेको नयाँ दर आइतबारदेखि लागू भएको छ । मूल्य प्रति सिलिण्डर २९ भारतीयले महँगो भएको छ। दिल्लीमा १४.२ किलोग्राम ग्यास सिलिन्डरको मूल्य ९१३ भारुबाट बढेर ९४२ भारु पुगेको छ। यो तीन महिनामा एलपीजीको मूल्यमा भएको दोस्रो वृद्धि हो।
