नेपाल र भारत दुवै देशबाट उच्चस्तरीय भ्रमण हुन्छ : मन्त्री खनाल
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । भ्रमणका क्रममा मन्त्री खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । वार्तामा स्टार्टअप, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि तथा नवीकरणीय ऊर्जा लगायतका नयाँ क्षेत्रमा नेपाल र भारतबिच सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको छ ।
