शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा शनिबार साँझ सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले जलवायु सङ्कटविरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । चुरे विनाश, अस्वाभाविक गर्मी (लू) र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुरसहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष छ ।
