अर्जुन नरसिंह केसीको चेतावनी- ‘संसदीय प्रक्रिया मिच्ने प्रवृत्तिले निर्वाचित अधिनायकवादतर्फ धकेल्न सक्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारले बजेट तथा विधेयकसम्बन्धी प्रक्रियामा अपनाएको शैलीप्रति गम्भीर आपत्ति जनाउँदै संसदीय प्रणाली र लोकतान्त्रिक पद्धतिमाथि निरन्तर आक्रमण भइरहेको बताएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले लोकतान्त्रिक व्यवस्था बहुमतमा आधारित भए पनि बहुमतको दम्भका आधारमा राज्य सञ्चालन गर्न नमिल्ने बताएका हुन् ।
