SHARE
लोक पथ · शनिबार २३ जेठ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

योगदानको हिसाब खोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने र योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति गलत भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने भन्दै समयमै सच्याउनुपर्ने बताएका हुन् । उनका अनुसार पार्टी स्थापनाको चार वर्षमै यस्ता समस्या देखिनु चिन्ताको विषय हो ।