SHARE
लोक पथ · शनिबार २३ जेठ २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

उद्योग संरक्षण र रोजगारी सिर्जनामा सरकार गम्भीर हुनुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सरकारले रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन् । शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले लगानीमैत्री वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।