राप्रपाको आरोप– ‘संसद बैठक रोकेर रास्वपाको अधिवेशनका लागि सहजीकरण गरियो’
काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बैठक रोकिनुको औचित्यबारे प्रश्न उठाएको छ । जेठ १९क गतेबाट एकैपटक जेठ २५ गते (भोलि) सम्मका लागि बैठक स्थगित गरिएको थियो । तर यसबिचमा संसद अवरोध हटाउने र संवादको वातावरण बनाउनेबारे कुनै ठोस पहल नभएको राप्रपाको आरोप रहेको छ ।
