SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा

एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आज संगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९.२ ओभरमा पछ्याएको हो ।