SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

बेलायतका राजा चाल्र्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइका सैनिकहरूको सम्मान गरेका हुन् । राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।