SHARE
पर्दाफास · शनिबार २३ जेठ २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल भन्छन्- भारतसँगको सम्बन्ध रिसेट गर्ने समय आएको छ, ठोस नतिजा दिनेमा केन्द्रित हुनुपर्छ

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई विगतका घर्षण र विवादबाट माथि उठाएर नयाँ आधारमा पुनर्संरचना (रिसेट) गर्नुपर्ने समय आएको बताएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई भावनात्मक बहसमा सीमित नगरी तथ्य, प्रमाण र ठोस नतिजामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।