जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति हुनुभएका विष्णुप्रसाद जोशीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । काठमाडौँ महानगरपालिकाकोे सभा कक्षमा आयोजिक एक समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
