नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष २०८३÷०८४ को बजेटका कारण गाडीको मूल्य बढ्ने जनाएको छ। बजेटले लिएको कर नीतिले विद्युतिय लगायत इन्धनबाट चल्ने सवारी साधनहरु समेतको मूल्य बढने देखिएको नाडाले जनाएको। सरकारले विद्युतिय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ।
