SHARE
पर्दाफास · शनिबार २३ जेठ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

सुशीला कार्कीले भनिन्- मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतीत गर्ने बताएकी छन् । ललितपुरमा आयोजित ‘काठमाडौँ कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेकी हुन् । आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन आग्रह गरे ।