सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मक : विनोद चौधरी
उद्योगपति विनोद चौधरीले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति रहेको र त्यसलाई अन्त्य गर्नु सकारात्मक रहेको बताए ।
