मेयर कप खुला कराते प्रतियोगिता : स्वर्ण पदकसहित चौतारा टिम च्याम्पियन
सिन्धुपाल्चोक, जेठ २० मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न दुईदिने खुला मेयर कप कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौताराले सर्वाधिक स्वर्ण पदक जितेर उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो। प्रतियोगितामा टोखा नगरपालिका वादोकाइ कराते दोस्रो स्थानमा रहँदै उपविजेता बनेको छ भने काभ्रे तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
