९ वटा खेलमा ८ अङ्क बटुल्दै बज्राचार्य वुद्धिचाल खेलका विजयी
काठमाडौँ । काठमाडौँका राजेन्द्र बज्राचार्यले ८ अङ्क बटुल्दै, नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि) चेस टुर्नामेन्टको विजेता हुनुभएको छ । जेठ १५ र १६ गते ९ चरणमा सम्पन्न प्रतियोगितामा समान अङ्क प्राप्त गर्नुभएका रुकुमका मिलन रोका टाइब्रेक अङ्कले दोस्रो र मोराङ्का उमेश राईले तेस्रो स्थान हासिल गर्नुभयो ।
