सहरीकरणको चपेटामा थिमीको माटो उद्योग, संरक्षणका उपायबारे विज्ञहरूको छलफल सम्पन्न
भक्तपुर, थिमी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट) को सहकार्यमा “सहरीकरणको बीचमा थिमीमा माटोका भाँडाको सामाजिक–पारिस्थितिक गतिशीलता” विषयक अन्तरक्रिया तथा कार्यशाला सम्पन्न भएको छ। शुक्रबार सिद्धिकाली मन्दिर परिसरस्थित सेरामिक्स सहकारी संस्था लिमिटेड, थिमीमा आयोजित कार्यशालामा परम्परागत माटो उद्योगमा तीव्र सहरीकरणले पारेको प्रभाव, चुनौती, अवसर तथा दीर्घकालीन संरक्षणका उपायबारे व्यापक छलफल गरिएको थियो।
