सीमा विवादमा ‘तेस्रो पक्ष’ आवश्यक छैन, स्थापित संयन्त्रबाटै समाधान खोजिनुपर्छ : भारत
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिप्रति भारत सरकारले आफ्नो औपचारिक प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयले दुई देशबीचको सीमा मामिला आपसी विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि ‘तेस्रो पक्ष’को संलग्नता आवश्यक नरहेको स्पष्ट पारेको हो।
