रविसँग भेटेपछि भारतीय विदेशमन्त्रीले भने– विकास साझेदारी र जन सम्बन्धमा छलफल केन्द्रित थियो
काठमाडौं । नयाँ दिल्लीमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्ता मंगलबार नयाँ दिल्लीमा सम्पन्न भएको हो ।भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धका विविध आयामबारे फलदायी छलफल भएको जनाइएको छ ।
