नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक
काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।
