रोटरी क्लबद्वारा शिवपुरीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० बढी लाभान्वित
काठमाडौं । रोटरी क्लब अफ बानेश्वर र काठमाडौं मेडिकल कलेजको संयुक्त आयोजनामा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शिवालय प्राथमिक विद्यालयमा एक दिने नि ःशुल्क सामुदायिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। हालै सञ्चालित उक्त शिविरबाट ३५० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन्।
