परराष्ट्र मन्त्रालय भन्यो– प्रधानमन्त्रीको टिप्पणी सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित
काठमाडौं। नेपाल–भारत सीमा सम्बन्धी विषयमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइबारे उठेका जिज्ञासाप्रति परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) सँग सम्बन्धित रहेको जनाएको छ।
