SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ ८ जेठ २०८३ १२:०३ AM · 1 मिनेट पढाइ

अपाङ्गता भएका अभिभावकका बालबालिका र संरक्षित परिवारका बालबालिकालाई पनि छात्रवृत्तिमा कोटा निर्धारण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । जेठ ३ गते बसेको ४९ औँ कार्यपालिका वैठकबाट पारित गरिएको काठमाडौँ महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३ मा यो व्यवस्था थप गरिएको हो । यसअघि नीतिबाट सञ्चालन भइरहेको छात्रवृत्ति वितरणलाई व्यवस्थित, गुणस्तरीय, न्यायोचित, विश्वसनीय, स्वचालित र दिगो बनाउने उद्देश्यले कार्यविधि जारी गरिएको हो ।  कार्यपालिका वैठकमा शिक्षा स्वास्थ्य समितिका तर्फबाट शिक्षा अधिकारीले कार्यविधि पेश गर्नुभएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं