SHARE
पर्दाफास · बिहीबार ७ जेठ २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने

अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’ सेवाको बिहीबार एक कार्यक्रमकाबीच सुरुवात गरिएको हो। सरकारले गत १३ चैतमा सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारसम्बन्धी घोषणाअनुसार सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।