समयमै निर्माण सक्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन, डोल्पामा २३० मेगावाटभन्दा बढीका दुई आयोजना निर्माणाधीन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजना निर्माणमा ढिलासुस्ती नगर्न आग्रह गर्दै समयसीमाभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
