SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार १९ साउन २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

कक्षा ११ र १२ को छात्रवृत्ति दोस्रो चरणको मनोनयन सूची प्रकाशित, ५५४ जना विद्यार्थी छनोट, साउन १५ भित्र भर्ना गर्न अनुरोध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित भएको छ । यस चरणमा विज्ञानमा ४१४ जना,  व्यवस्थापनमा १०६ जना,  मानविकी १ जना,  शिक्षा ३ जना  र कानुन विषयमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्थी छनोट हुनुभएको छ ।  शिक्षा विभागका अनुसार, २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनुहुन्थ्यो । कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। नकारात्मक अङ्कनको व्यवस्था नरहेको सो परीक्षामा १०,८६७ जनाले ४०% (४० अङ्क) कटाएर उत्तीर्ण हुनुभएको थियो । देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। प्रारम्भिक नतिजा साउन ४ मा र पुनर्योगको नतिजा साउन ६ मा प्रकाशित भएको थियो। मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी/जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद/बेपत्ता/द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्।  पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ भित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो। दोस्रो चरणको मनोनयन रिक्त सिटहरूमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं