SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार ३० बैशाख २०८३ १२:०३ AM · 1 मिनेट पढाइ

निःशुल्क पिउने पानी वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरपालिकाको आग्रह 

काठमाडौँ । महावौद्धमा राखिएको निःशुल्क वाटर वुथमा एक जना व्यक्ति आउनुभयो । उहाँले हातमा नाम्लो बोक्नुभएको थियो । वुथमा आएपछि टाउकोमा लगाइ राखेको टोपी खोल्नुभयो । हातमा भएको नाम्लो र टोपी छेउमा राख्नुभयो । धारो खोलेर दुवै हात मिचिमिचि धुनुभयो । मुख धुनुभयो । त्यसपछि पानी पिएर छेउमा राखेको टोपी लगाउनु भयो । नाम्लो टिपेर गन्तव्य तिर लाग्नुभयो ।  खुला मञ्चमा भएको वुथमा एक जना ज्येष्ठ नागरिकले आएर भित्री कपडा धुनुभएको फुटेज सीसीटिभी क्यामरामा देखिएको छ ।  वैशाख ५ गते भेहिकल फ्री असन कार्यक्रम सुरु हुने बेलामा जमलमा भएको वाटर वुथबाट बोतलमा पानी थापेर मःमः पकाउन लगेको दृश्य विभागका अधिकारीकै सामुन्ने भएको देखिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं