SHARE
पर्दाफास · मङगलबार २९ बैशाख २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेज नगर्न आग्रह

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बचाउ नागरिक अभियानले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ । समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो । गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाे थियाे।