उपत्यकामा २ हजार २१२ सवारी चालक ट्राफिक कारबाहीमा,२७ लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २१२ जना सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
