सुशासन र प्रशासनिक सुधारका लागि एक महिनामा दुई सय २६ निर्णय भएको छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका महत्त्वपूर्ण कार्यबारे संसदीय समितिलाई जानकारी दिएका छन् । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले आर्थिक नीति तथा कानुनी सुधार, सुशासन र प्रशासनिक सुधार, बजेट तथा सरकारी वित्त व्यवस्थापनलगायत विषयमा यसबीचमा महत्त्वपूर्ण काम भएको उल्लेख गरे ।
