SHARE
अर्थ संवाद · सोमबार १९ साउन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

् बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने 

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् ।लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् ।मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।