SHARE
बासुरी खबर · शुक्रबार​ १६ साउन २०८२ ११:५६ AM · 1 मिनेट पढाइ

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको सिन्धुपाल्चोक जिल्ला भेला सम्पन्न

सिन्धुपाल्चोक । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल अन्तर्गत सिन्धुपाल्चोक शाखाको पहिलो जिल्ला भेला चौतारामा सम्पन्न भएको छ। भेलाबाट विजय नेपाल अध्यक्ष, मानकाजी तामाङ उपाध्यक्ष, सागर खड्का सचिव, प्रेम लामा कोषाध्यक्ष र सुजन श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका छन्।