SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ २५ बैशाख २०८३ १२:०३ AM · 1 मिनेट पढाइ

होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षाका लागि प्याब्सन र एनप्याब्सनका पदाधिकारीलाई कार्यवाहक प्रमुखको आग्रह

काठमाडौँ । राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ् सेन्टरमा भएका बालबालिकाहरुलाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्थाका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, निजी तथा संस्थागत विद्यालयका संघसंगठनका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा भएको छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । ‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले कीर्तिपुर स्थित राधास्वामी सत्संग आश्रममा रहेका बालबालिकाहरुलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेका छौँ ।’ छलफलमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘मलाई थाहा छ । तपाईँहरुले यावत प्रश्न छन् । हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ । हामी ती प्रश्नको जवाफ दिन्छौँ । तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो । अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ । उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’ संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य अगाडि बढाउन कार्यवाहक प्रमुखको अनुरोध थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं