न्यायपालिकाको इतिहासमै चौथो वरियताका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम ३३औँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । न्यायपालिकाको इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना मानिएको छ ।
