नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित
नेपाल ‘ए’ टिमले त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा विजयी सुरुवात गरेकाे छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ले स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो ।
