चीनका दुई पूर्व रक्षामन्त्रीलाई ‘शर्तसहित’ मृत्युदण्ड
चीनका दुई पूर्व रक्षामन्त्रीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। तथापि, दुई वर्षपछि सो सजायलाई जन्मकैदमा बदलिने सिन्ह्वाले जनाएको छ। पूर्वरक्षामन्त्रीहरु वेइ फेङहे र ली साङ्फुलाई भ्रष्टाचार मुद्दामा सो सजाय सुनाइएको रिपोर्टमा उल्लेख छ। उनीहरुसहित अन्य कयौँ अधिकारीहरुलाई राष्ट्रपति सी चिनफिङले अपदस्थ गरेका थिए।
