SHARE
पर्दाफास · बिहीबार २४ बैशाख २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

वित्तीय पारदर्शिताको क्षेत्रमा नेपालले गर्‍याे सुधार, पायाे ५२ अंक

नेपालले वित्तीय पारदर्शिताको क्षेत्रमा क्रमिक सुधार गरेको छ । इन्टरनेसनल बजेट पार्टनरसिप (आईबीपी) द्वारा बिहीबार प्रकाशित खुला बजेट सर्वेक्षण–२०२५ मा नेपालले ५२ अंक प्राप्त गरेको छ । आईबीपीका अनुसार नेपालले सन् २०२३ को तुलनामा सुधार गरेको हो ।