पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख २३ गत शनिबार बिहान आएको विनाशकारी बाढी सम्झेर स्थानीय जनता अहिले पनि त्रसित देखिन्छन्। माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाबाट खसेको हिमपहिरो र साना हिमताल फुट्दा उत्पन्न भएको विपद्लाई मार्मिक र दर्दनाक घटनाका रुपमा पोखरेली जनताले लिने गरेका छन्।
