फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनद्वारा सिन्धुका १९ सहित २० विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौँ । फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच संस्थाको सहयोगमा अध्ययन गरिरहेका सिन्धुपाल्चोकका १९ र सोलुखुम्बुका १ गरी २० जनालाई स्टेशनरीसहितका शैक्षिक सामग्री प्रदान गरिएको हो । साथै ती सबै विद्यार्थीको पढाइको सम्पूर्ण खर्च संस्थाले व्यहोर्नेछ ।
