नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार
काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कामा विस्तार गरेको छ । यसक्रममा कम्पनीले कोलम्बोस्थित इफेक्टिभ सोलुशन्ससँग सहकार्य गर्दै एआईमा आधारित व्यावसायिक सञ्चार प्रणाली प्रदान गर्ने सम्झौता गरेको हो । इफेक्टिभ सोलुशन्स श्रीलङ्कामा व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधि प्रयोग गर्न सहयोग गर्दै आएको कम्पनी हो ।
