माओवादी केन्द्रकाे ७७ ओटै जिल्ला कमिटी भंग, सिन्धुपाल्चोकमा सचिवका लागि ५ जनाकाे भिडन्त
सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला कमिटी भंग गरिएको छ। पार्टीको संशोधित विधानअनुसार देशभरका ७७ वटै जिल्ला कमिटीहरू भंग गर्दै नयाँ संरचनामा जाने प्रक्रिया सुरु भएको हो। सिन्धुपाल्चोक माओवादीले साउन २६ गते चौतारामा जिल्ला भेला गर्ने तयारी गरेको छ। उक्त भेला सम्पन्न गर्न गाेविन्द पराजुलीकाे संयोजकत्वमा १०७ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ।
