विदेशी पर्यटकका लागि १३ जिल्लामा ट्रेकिङ अनुमति अनिवार्य
काठमाडौं । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः स्पष्ट गरेको छ । विभागले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ट्रेकिङ अनुमति प्रक्रियालाई झन्झटरहित, छिटो, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउन सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको जनाएको हो ।
