२५ करोडसम्मका उद्योग अब जिल्लाबाटै दर्ता हुने, विभाग धाउनुपर्ने झन्झटको अन्त्य
काठमाडौं । सरकारले साना तथा घरेलु उद्योगको दर्ता प्रक्रियामा रहेको दोहोरोपन अन्त्य गर्दै प्रदेश र जिल्लाबाटै सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। उद्योग विभागले एक सूचना जारी गर्दै अबदेखि २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगहरूको दर्ता र नियमनका सम्पूर्ण कार्यहरू सम्बन्धित जिल्लाकै कार्यालयबाट हुने जानकारी दिएको हो।
