चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो
चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो चलिरहेको कारमा अचानक आगलागी भएको छ। आज दिउँसो करिब ३ः१५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कारमाथि सडकको माथिबाट ढुङ्गा खसेपछि पेट्रोल ट्याङ्कीमा आगलागी भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
