SHARE
बासुरी खबर · आइबार​ १८ साउन २०८२ ११:३० AM · 1 मिनेट पढाइ

मेलम्ची नदीमा जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

मेलम्ची । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नाकोते जलमापन केन्द्रको तथ्याङ्क अनुसार यो बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हाे। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।