SHARE
बासुरी खबर · मङगलबार १५ बैशाख २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

पैठारी माल वस्तुमा एमआरपी नीतिपछि देशभर भन्सार रोकियो

सिन्धुपाल्चोक | सरकारले सीमा नाकाबाट पैठारी हुने मालवस्तुमा अनिवार्य रूपमा एमआरपी (अधिकतम खुद्रा मूल्य) निर्धारण गर्नुपर्ने नीति लागू गरेपछि आजदेखि देशभरका भन्सार कार्यालयमा आयात प्रक्रिया प्रभावित भएको छ। व्यापारीहरूले नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न कठिन हुने बताएका छन्।