SHARE
बासुरी खबर · बिहीबार १७ बैशाख २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

पाँचपोखरीमा कृषि र पर्यटन जोड्ने ‘कोशीली घर’ सञ्चालनमा

पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘पाँचपोखरी कोशीली घर’को औपचारिक उद्घाटन सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रको वर्तमान अवस्था, उत्पादन वृद्धि, बजारीकरण तथा आधुनिकीकरणका चुनौतीबारे चर्चा गरे।